कालापानीको १ नम्बर पिलरमा झण्डा फहराउन पुगे जेन जी अभियन्ता

bimbonline बिम्ब अनलाइन
२०८३ असार २१ २१:०१ बजे

कालापानी–लिपुलेक यात्रामा निस्केको राष्ट्रिय जेन जी नागरिक अभियानको टोलीले नेपाल र चीनको सीमानामा रहेको १ नम्बर पिलरमा झण्डा फहराएको छ । दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मीटर उचाइमा रहेको उक्त सीमा स्तम्भमा फोटो खिच्दै टोलीले नेपालको राष्ट्रिय झण्डा फहराएको हो ।

यात्रामा अभियानका अभियन्ता अजय सोडारी,सुनिल सिंह,प्रकाश बम तथा सीमा विषयमा आधारित चलचित्रका निर्माता एवम् अभिनेता नवल खड्का सहभागी छन् । ‘देशभन्दा माथि केही हुँदैन,छिमेकीको हस्तक्षेप स्वीकार्य छैन । हामी नवयुवाहरू राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षाका लागि दृढतापूर्वक उभिन्छौँ’ भन्ने सन्देशका साथ आफूहरुले कालापानी–लिपुलेक यात्रा तय गरेको उनीहरुको भनाइ छ । 

टोली नेपाली भूमि,राष्ट्रियता र सीमाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त क्षेत्रको यात्रामा निस्केको दावी गरिएको छ ।



२०८३ असार २१ २१:०१ बजे

प्रतिक्रिया