काठमाण्डौ।परराष्ट्रविद एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठका तीनओटा पुस्तकहरुको अद्यावधिक नयाँ संयुक्त संस्करण इम्प्रिन्ट पब्लिसर्सले बजारमा ल्याएको छन ।
नेपाल–भारत सम्बन्धका विविध पाटाहरूको गहिरो विश्लेषणमा आधारित यो पुस्तक महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ । पुस्तकमा नेपाल–भारत सम्बन्धमा विद्यमान जटिलताहरूलाई तथ्यपरक रुपमा केलाइएको छ। राष्ट्रियता र कूटनीतिक संवेदनशीलतालाई सूक्ष्म रुपमा विश्लेषण गरिएको छ । सन् १८१६ को सुगौली सन्धिदेखि सन् १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौता, सन् १९५० को शान्ति तथा मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि, कोशी–गण्डक सम्झौता तथा महाकाली सन्धिले नेपाल–भारत सम्बन्धमा पारेको असर र ती सन्धि–सम्झौताहरूको खारेजी तथा पुनरवलोकनको आवश्यकता औल्याइएको छ।
भारतले भन्ने गरेको तथाकथित ‘विशेष सम्बन्ध’ तथा नेपालले आत्मसात गरेको ‘समानतामा आधारित असंलग्न परराष्ट्र नीति’ बीचको अन्तद्र्वन्द्वलाई मिहिन ढंगले केलाइएको छ।
द्विपक्षीय सन्धि–सम्झौता, पारवहन सुविधा, खुला सीमा, सुस्ता–महेशपुर सीमा विवादलगायतका मुद्दाहरूलाई गम्भीरताका साथ उठाइएको छ । नेपालको सन्तुलित असंलग्न परराष्ट्र नीति तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्पष्ट मार्गचित्र प्रदान गर्ने यो पुस्तक नेपाल–भारत सम्बन्धमा चासो राख्ने सबैका लागि संग्रहणीय कृतिका रुपमा रहेको छ ।
प्रकाशकः इम्प्रिन्ट पब्लिसर्स, कालिकास्थान, काठमाडौँ रहेको कितावको मुल्य रु ९९९।(नौ सय उन्ननसय)रहेको छ। सम्पर्कःमोवाइल नम्वर ९८५११२९३९५ र ९८४१९२२३३५ रहेको रतन भण्डारीले फेसवुकमा पोष्ट गरेर जनाएका छन। किताव अध्यायन गर्न चाहने पाठकहरुले तुरुन्त सम्पर्क राखेर किताव खरिद गर्न सकिने वताइन्छ।
प्रतिक्रिया