डडेल्धुरा। अमरगढी नगरपालीको आयोजनामा २०८३ जेठ २० गते देखि सञ्चालन भएको जीविकोपार्जन सुधार कार्यक्रम अन्तगर्त ५ दिने सीप विकास सम्वन्धि तालिम अमरगढी नगरपालीकाको सभा हलमा आज सम्पन्न भएको छ।
अमरगढी नगरपालीकाका सवै वर्डा वाट विपन्न एकल दलित महिलाहरु लाई स-साना उध्यम गरेर जीविका पार्जन कार्यक्रम गरुन भन्ने उदेश्यले तालिम सञ्चालन गरेको अमरगढी नगरपालीका महिला विकाश शाखा प्रमुख अधिकृत इन्द्रा रावलले वताएकि छन।
सहभागीहरुले वाख्रापालन तरकारी खेती गाइपालन र खुद्रा पसल व्यवशाय गरेर आर्यआर्जनको काम गरिरहेको एक सहभागीले वताएका छन। तालिममा नगरपालीका भरी वाट २५ जना महिलाको सहभागीता रहेको थियो। सहभागीहरुले स-साना व्यवशाय शुरु गरेर आयआर्जन गरुन भन्नका लागी प्रति सहभागी रु २६ हजार नगद अनुदान स्वरुप उपलव्ध गराएको अनुदान रकमलाई उत्पादनमा लगानी गर्नुपर्ने सो नगरी दुउपयोग गरेमा असुल उपर गरिने नगरउप प्रमुख पार्वति झुकालले वताएकि छन।
.png)
नगर उपप्रमुख पार्वती झुकालको अध्यक्षता महिला विकाश शाखा प्रमुख इन्द्रा रावलको सञ्चालनमा शुरु भएको तालिम समापन कार्यक्रममा सामाजिक विकास शाखाका प्रमुख अधिकृत लालवहादुर साउद,पशु शाखाका निवर्तमान प्रमुख महाविर साकी कृर्षि प्राविधिक दिपक ऐर अतिथि हुनुहुन्यो।
५ दिने तालिम कार्यक्रममा कृर्षि पशुपालन उधोग वजारीकरण वित्तसेवामा पहुच र उघोग दर्ता सम्वन्धि कानुन लगायतका विषयमा प्रशिक्षण तथा अवलोकन भ्रमण समेत गराएको एक सहभागीले वताएका छन।
प्रतिक्रिया