नेपाली अनुहारका शासकहरुले राष्टधाती काम को- कोले गरे

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ १८ १४:०७ बजे
रतन भण्डारी

१- सन् १९२० मा कन्चपुरको गड्डाचौकी क्षेत्रको चार हजार एकड जमीन ब्रिटिश इण्डियालाई बुझाउने – चन्द्रशमशेर ।२- राष्ट्रघाती अपमानजनक १९४७ को त्रिपक्षीय गोर्खा भर्ती सम्झौताकर्ता – पद्मशमशेर।३- सन् ५० को असमान सन्धिकर्ता – मोहनशमशेर।४- भारतसँग सुपर्दगी सन्धि गर्ने, उत्तरी सीमामा भारतीय चेकपोष्ट राख्न दिने र कोशी भारतलाई बुझाउने, केआई सिंह–भीमदत्त काण्डमा भारतीय सेना नेपाल बोलाउने – मातृकाप्रसाद कोइराला।५- नेपालमा भारतीय सेना भित्रयाउनुपर्छ भन्ने – भद्रकाली मिश्र।६- गण्डक भारतलाई बुझाउने – बीपी कोइराला र सुवर्णशमशेर ।७- सन् १९६५ को हतियार सम्बन्धी गोप्य सम्झौताकर्ता – यदुनाथ खनाल।८- २०४६ सालको आन्दोलनमा भारतीय सेना ल्याउनुपर्छ भन्ने – माधव नेपाल।

९- टनकपुर भारतलाई बुझाउने – गिरिजाप्रसाद कोइराला।१०- टनकपुरमा नेपालको हित छ भनेर गलत प्रतिवेदन निकाल्ने – प्रा। लोकराज बराल एण्ड कम्पनी।११- राष्ट्रघाती महाकाली सन्धिकर्ता – शेरबहादुर देउवा, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर ।१२- राष्ट्रघाती महाकाली सन्धि संसदबाट पारित गर्ने – सिंगो एमाले, माकुने, ओली, देवराज घिमिरे मुख्य भूमिकामा ।१३- महाकाली अधिकांश भागमा मात्रै सीमा नदी हो भनेर सन्धिमा राख्ने र त्यति वेला लिम्पियाधुरा कालीको मुहान हो नभन्ने – डाक्टर द्वारिकानाथ ढुंगेल।१४- भारतसँग भएको राष्ट्रघाती पावर टेड्रिग एग्रीमन्टमा हस्ताक्षरकर्ता – डाक्टर द्वारिकानाथ ढुंगेल।

१५- महाकाली सन्धिमा मतदान गर्ने तर कालापानी भन्दै चिच्चाउने नेताहरु – झलनाथ खनाल, केपी ओली, माधव नेपाल लगायत एमालेका प्रायः सबै (माले गूट बाहेक)१६- महाकाली सन्धिका विरुद्ध मत नहाली मतदान बहिस्कारको नाटक गरेर सन्धि पारित हुन दिने – बामदेव गौतम, सीपी मैनाली राधाकृष्ण मैनाली, सहाना प्रधान लगायत २६ जना तत्कालीन एमाले ।१७- महाकाली सन्धिपछि नेपाललाई वर्खको १ खर्ब २१ अर्ब आम्दानी हुनेछ भनेर झापाली क्याल्कुुलेटरमा हिसाब निकाल्ने – केपी शर्मा ओली ।१८- महाकाली–पंचेश्वरको बिजुली स्याटलाइटबाट तेस्रो मुलुकलाई बेचिने छ भनेर जादूगरि लिखित भाषणकर्ता – माधव नेपाल।१९- महाकाली सन्धिपछि पश्चिमबाट सूर्य उदानेछ भनेर जादूगरि लिखित भाषणकर्ता – पशुपतिशमशेर जबरा ।

२०- अरुण ३ र माथिल्लो कर्णाली भारतलाई बुझाउने – गिरिजाप्रसाद कोइराला २१- माथिल्लो कर्णाली र अरुण ३ सम्झौताका हस्ताक्षरकर्ता – अनुपकुमार उपाध्याय।२२- अरुण ३ र माथिल्लो कर्णालीको पीडीए राष्ट्रहितविपरीत गर्ने – सुशील कोइराला, बामदेव गौतम ।२३- ०६५ सालमा विराटनगरमा भारतीय अनधिकृत अफिस राख्न दिने – पुष्पकमल दहाल प्रचण्ड।२४- पश्चिम सेती, फुकोट कर्णाली र माथिल्लो अरुण भारतलाई बुझाउने – शेरबहादुर देउवा।२५- भारतसँग २५ वर्षे कथित लंगट्रम ऊर्जा सम्झौता गर्ने – पुष्पकमल दाहाल प्रचण्ड।२६- विमानस्थलमा भारतीय एयरमार्सल राख्ने र इलाम र लुम्बिनीमा भारतीय अध्यागमन राख्ने सम्झौताका लागि प्रक्रिया अघि बढाउने – बाबुराम भट्टराई

२७- नेपाललाई भारत या चीनमा मर्ज गरौँ भन्ने – बाबुराम भट्टराई।२८- बाबुराम भट्टराईको मर्ज भन्ने देशद्रोही अभिव्यक्तिलाई रफू भरेर सबमर्ज भनेको हो भन्ने – देवेन्द्र भट्टराई।२९- नेपाल देश खारेज गर भन्ने बाबुराम भट्टराई पत्नी – हिसिला यमी (हिसिलाको बचाउमा उत्रने करिश्मा मानन्धर)।३०- प्रितम सिंह (पंजाबी) मलाई प्रधानमन्त्री बनाउन दिल्ली गइरहनु हुन्थ्यो भन्ने – पुष्पकमल दाहाल प्रचण्ड।३१- यो देशको नाम फेरौ भन्ने – सरिता गिरी ।३२- लिम्पियाधुराको नक्साविरुद्ध मतदान गर्ने – सरिता गिरी (सरिता गिरीको बचाउमा उत्रने मोहना अन्सारी)।३३- लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको हो भन्ने – मेटमणि चौधरी३३।- नेपालको झण्डा फेर्नुपर्छ भन्ने – माओवादी नेता वर्खमान पुन।

३४- सिंहदरबार र सर्वोच्च अदालत जलाउने अपराधीहरुलाई भित्र पस्न ढोका खोल्ने, दुई दिनसम्म सर्वोच्च र सिंहदरबार जल्न दिने – यहाँहरु नै थप्नुस्।३५- नेपालले भारतको जग्गा मिचेको छ भन्ने प्रधानमन्त्री– बालेन्दर साह।३६-  बालेन्दर साहको विवादित अभिव्यक्तिको बचाउनेमा उत्रनेहरु – नाम थप्दै जानुस 

३७- २०५५ सालसम्म कालीको मुहान लिम्पियाधुरा हो भन्ने थाहा थिएन भनेर ०५७ मा किताब निकाल्ने उक्त कुराको विरोध भएपछि हाल सो च्याप्टर हटाएर किताब पुनमुद्रण गर्ने, सीमाका बारेमा अन्टसन्ट उटपटयांग बोल्ने, लिम्पियाधुराको मुद्दा भाड्न कालापानी सिलिगुरी करिडोरमा साटौ भनेर बाह्य शक्तिद्वारा निर्देशित मिडिया अभियान चलाउने, दशगजा नेपालले मिचेको छ भनेर लेख्देबोल्दै हिड्ने अनि भारतको बीजेपीको मातृसंस्था आरएसएसको अभियानसँग जोडिएको अखण्ड भारतको नीति अनुसार भारतलाई नेपालमा मिलाउ भनेर लेख लेख्ने र सो लेख सहितको किताब यूरोपको लाटभिया भन्ने देशबाट छपाउने – बूढीनारायण श्रेष्ठ । ३८- महाकाली सन्धिको कट्टर पक्षपाती र सो सन्धिको पक्षमा बहस चलाउने ( अख्तियार पूर्व प्रमुख, पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय ।३९- २०५३ असोज ४ गते महाकाली सन्धि संसदबाट पारित गरेर ०५३ मंसिरमा मुहान खोज्न हेलिकप्टर चढेर दार्चुला पुग्ने – सभामुख रामचन्द्र पौडेल (हाल राष्ट्रपति), द्वारिकानाथ ढुंगेलहरु । 

४०- भारतीय दूतावासलाई आफूखुसी ५ करोड भारु खर्च गर्न दिने सहमति गर्ने - सूर्यबहादुर थापा ।४१- भारतीय दूवावासलाई आफूखुसी २० करोड भारु खर्च गर्न दिने सहमति गर्ने -  पुष्पकमल दाहाल प्रचण्ड । ४२- भारतीय आप्रवासीहरुका लागि नागरिकता सहज गर्ने, अंगीकृतका छोराछोरीलाई वंशजको नागरिकता दिने (  काँग्रेस, एमाले, मूलधार माओवादी ।४३- भारतीय अपराधीलाई सर्पको छाला, तस्करी गर्न दिएर ४ करोडमा नागरिकता बेच्ने पंच नेता -  नवराज सुवेदी ।

४४- ताइवानी सांसदलाई नेपाली नागरिकता बेच्ने पंच नेता -  नवराज सुवेदी ।४५- पदमा हुँदा लिम्पियाधुरासम्मको नक्सा जारी नगर्ने पदमुक्त भएपछि नेपालसँग लिम्पियाधुरा देखिने नक्सा छैन भन्ने अभियान चलाउने - बुढीनारायण श्रेष्ठ ।४६- पदमा हुँदा महाकालीको उद्गम लिम्पियाधुरा हो भनेर महाकाली सन्धिमा नराख्ने, जलस्रोत मन्त्री शैलजा आचार्यले अंग्रेजी नजान्ने भनेर हटाएपछि महाकालीको उद्गम खोज्दै हिड्ने - द्वारिकानाथ ढुंगेल । 

४७- अमेरिकासँग राष्ट्रघाती एमसीसी गरेर सदनबाट पारित गर्ने -काँग्रेस, एमाले, मूलधार माओवादी ।४८- अमेरिकाका लागि सगरमाथाको उचाइ नाप्ने भनेर सगरमाथा क्षेत्रमा जीपीएसको जिम्मा लिने तर उक्त जासुसी उपकरण के प्रयोजनका लागि हो भनेर नेपाल सरकारसँग अनुमति नलिइ पछि र एकथान उपकरण अमेरिकी पर्वतारोहीलाई दिएर सगरमाथाको टुप्पोमा राख्न लगाउने - बूढीनारायण सीमाविद । रतन भण्डारीको फेसवुक वालवाट



२०८३ ज्येष्ठ १८ १४:०७ बजे

प्रतिक्रिया