इच्छुक साँस्कृतिक प्रतिष्ठानले २५ औ इच्छुक स्मृति तथा वलिदान दिवश मनाउने

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ ९ १९:५१ बजे

काठमाण्डौ। इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा यहि जेठ १३ गते   दिउसो १२.३० वजे प्रतिष्ठानको सभाहल घट्टेकुलो काठमाण्डौमा २५औ इच्छुक स्मृति तथा वलिदान दिवश मनाइने भएको छ। 

कार्यक्रममा प्रगतिशिल लेखक  कलाकार तथा साहित्यकारहरु लाई प्रतिष्ठान वाट पुरस्कार तथा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखिले  बिम्व अनलाईन लाई  वताएका छन।

कृष्णसेन इच्छुकलाई तत्कालिन सरकारले गिरफ्तार गरि महेन्द्र पुलिस क्लवमा एकहप्ता सम्म हिरासतमा राखेर  कुरतापुर्वक यातना दिएर हत्या गरिएको दिनको सम्झनामा यो दिवश मनाइदै आएको प्रतिष्ठानले जनाएको छ। 


२०८३ ज्येष्ठ ९ १९:५१ बजे

प्रतिक्रिया