काठमाडौँ । जबर्जस्तीकरणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढा विरुद्ध पटक पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोप छ ।घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ
प्रतिक्रिया