काठमाडौं । अमेरिकाले डिपोर्ट (देशनिकाला) गरी पठाएका अधिकांश नेपालीहरू मानवतस्करको प्रलोभनमा परी अमेरिका पुगेको पाइएको छ । त्यसरी निष्कासन हुनेमा धेरैजसो एकै भेगमा बसोबास गर्नेहरू छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार, सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्म (नौ महिना) अवधिमा अमेरिकाले ३९६ जना नेपालीलाई डिपोर्ट गरेको थियो, जसमा ३६८ पुरुष र २२ महिला थिए ।
सो अवधिमा डिपोर्ट हुनेमध्ये ७० प्रतिशत (२७८ जना) आठ जिल्लाका छन् । ती आठ जिल्ला एकापसमा जोडिएका छन् । यसले मानव तस्करले खास क्षेत्र लक्षित गरेको देखाउँछ ।
मानव तस्करको प्रलोभनमा परी अमेरिका पुगेर डिपोर्ट हुने सबैभन्दा बढी दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, पर्वत, सिन्धुपाल्चोक, म्याग्दी, बागलुङ, काठमाडौं, रोल्पा र सल्यानका छन् ।
प्रतिक्रिया