काठमाण्डौ। नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतको आदेशपछि स्पष्ट धारणा तय गर्न निवर्तमान सभापति शेरबहादुर देउवा समूह छलफलमा जुटेको छ । अबका कदमबारे नयाँ रणनीति तय गर्न आइतबार (वैशाख ६) काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा नेताहरू भेला भएका हुन् ।
भेलाको नेतृत्व तत्कालीन कार्यवहाक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । सर्वोच्चको आदेशलगत्तै नेता खड्काको निवासमा डाकिएको भेलाबाट असहमति भए पनि न्यायालयको निर्णय स्वीकार गर्न निर्णय उनीहरूले गरिसकेका छन् ।
आजको भेलामा खड्कासहित, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत नेताहरू सहभागी छन् ।
प्रतिक्रिया