नेपाल प्रहरीमा जवानदेखि अफिसर सम्मको भर्ना खुल्यो

bimbonline बिम्ब अनलाइन
२०८२ चैत्र २० ०७:५९ बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदमा आवेदन खुलाएको छ । शुक्रबार सूचना जारी गर्दै प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा भर्ना खुलाएको जानकारी दिएको छ । 

इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एन्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा  भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।

प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ देखि वैशाख २४ गतेसम्म आवेदन बुझाउन भनिएको छ । साथै, प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ देखि वैशाख ३१ गतेसम्मको समय दिइएको छ ।


२०८२ चैत्र २० ०७:५९ बजे

प्रतिक्रिया