वुटवल। मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका कपिलवस्तु जिल्ला अध्यक्ष श्सामसुङ निशा माथि भएको कुटपिटको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
जानकारी अनुसार बजार क्षेत्रमा भेट हुँदा एक जना मिटर ब्याजी साहुसँग सामान्य बहस सुरु भएको क्रममा उक्त सुदखोरले योजनाबद्ध रूपमा आक्रमण गरी अध्यक्ष सामसुङ निशा लाई निर्घात कुटपिट गरेको छ। सो आक्रमणका कारण उहाँको टाउको फुटी सात वटा टाँका लगाउनु पर्ने अवस्था सिर्जना भएको छ। यो घटना केवल एउटा व्यक्तिमाथिको हमला मात्र होइन, मिटर ब्याजको अन्याय विरुद्ध आवाज उठाउने आन्दोलनमाथि गरिएको हमला हो।
यति गम्भीर घटनाबारे प्रहरीलाई जानकारी गराइसक्दा पनि किन अहिलेसम्म उक्त सुदखोरलाई हिरासतमा लिइएको छैन? किन मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छैन? जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको यो मौनता कसको दबाबमा हो? यो प्रश्न अहिले जनतामा गम्भीर रूपमा उठिरहेको छ दलालहरु को पर्दाफास हुनेछ।
आक्रमणकारी मिटर ब्याजी साहुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइयोस्। अन्यथा न्यायको माग गर्दै कडा आन्दोलनमा जान हामीलाई एकछिन पनि लाग्ने छैन।पीडितलाई न्याय र दोषीलाई कारबाही हुनैपर्छ।अन्याय र अत्याचार विरुद्धको हाम्रो लडाइँ रोकिने छैन भनि पिडित सँघर्ष समितिले वताएको छ।
प्रतिक्रिया