धनुषा । धनुषामा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन्।
विस्फोटमा मिथिला-८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुवै बालबालिकाको अवस्था सामान्य छ ।थप अनुसन्धान भइरहेको छ । दैनिक नेपाल वाट
प्रतिक्रिया