चुनावको समयमा भाषण,ब्यानर र नारासम्म त ठीकै होला,तर सल्यानमा रास्वपाको प्रचारगाडीमै रक्सी र चामल फेला परेको छ।
बनगाड–कुपिण्डे नगरपालिकाअन्तर्गत सल्लिबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीपमा ती सामाग्री आज बिहान प्रहरीले फेला पारेको हो ।पार्टीको झण्डा,ब्यानर,साउण्ड बक्सले सजिएको गाडीलाई रोकेर जाँच गर्दा रक्सी ७ कार्टुन,बियर २कार्टुन,चामल २ बोरा र खानेतेल ३ कार्टुन भेटियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार बिहान करिब ८ बजे चेकजाँचका क्रममा उक्त सामग्री बरामद भएको हो । मतदान नजिकिँदै गर्दा प्रचारप्रसारमा प्रयोग भएको गाडीमै मदिरा र खाद्यान्न भेटिएपछि स्थानीयले आचारसंहिता उल्लंघनको प्रश्न उठाएका छन् । उक्त घटनाको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।
चालक नन्द रानाको दावी छ—सामग्री खैरागारसम्म लागि लान लागेको हुँ । उक्त काण्डमा कृतिबहादुर रानाको नामसमेत जोडिएको छ । उता रास्वपा बनगाड–कुपिण्डे रास्वपा नगर सभापति लोकेन्द्र वलीले भने ‘चालकको व्यक्तिगत कमजोरी’ भन्दै पार्टी अनभिज्ञ रहेको दावी गरेका छन् ।
तर चुनावी माहोलमा प्रचारगाडीमै रक्सी र चामल भेटिनु संयोग मात्र हो कि नियोजित ‘व्यवस्थापन’ रु सल्यानका चिया पसलदेखि सामाजिक सञ्जालमा यो प्रश्नले ठाउँ पाइरहेको छ। गाडी र बरामद सामग्री नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया