इरानले इजरायलसँगै अमेरिका विरुद्ध युद्ध सुरु गरेको एकै सासमा धुजा-धुजा बनाउन थालेको छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकाका ७ सैन्य अड्डा माथि ब्यालेस्टिक मिसाइल हानिदिएको छ ।
ताजा जानकारीअनुसार इरानले साउदी अरब, जोर्डन, बहरेन, कुवेत, कतार र यूएईमा रहेका अमेरिकी नौसैनिक अड्डामाथि हमला गरेको हो । अहिले गल्फ धुवामा परिणत भइरहेका दृष्य बाहिर आएका छन् । यद्यपी मानवीय बस्तिहरुमा आक्रमण नगर्ने इरानले बताएको छ । यसैले खाँडीमा रहेको लाखौं लाख नेपालीलाई अहिले नै असुरक्षा देखिन्न ।
बहराइनले पुष्टि गरेको छ आफ्नो देशको अमेरिकी नौसेनाको ५औँ फ्लीट मुख्यालयलाई इरानले मिसाइल आक्रमण गरेर ध्वस्त बनाउँदै छ । बहराइनको राजधानी मनामा शहरमा पनि विस्फोटको आवाज सुन्निएको छ। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामाथि लगातार मिसाइल आक्रमण गरेको छ।
अल धफरा एयर बेस, कुवेतमा रहेको अमेरिकी आर्मी बेस, साउदी अरबमा रहेको अमेरिकी बेस, बहराइनमा रहेको अमेरिकी बेसमा आक्रमण भएको छ। कतारको राजधानी दोहामा पनि विस्फोटको आवाज सुन्निएको छ। दोहामा रहेको एयर बेस बन्द गरिएको छ। यूएईमा पनि इरानले हमला गरेको छ। कुवेत र बहराइनमा रहेका धेरै अमेरिकी सैन्य अड्डामाथि इरानले आक्रमण गरेको पुष्टि भएको छ
प्रतिक्रिया