काठमाण्डौ। फाल्गुन २१ गतेको निर्वाचनका निम्ति तीन दिन सार्वजनिक बिदाको गृह मन्त्रालयले सूचना निकालेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा रहेको जानकारी गराएको छ ।
सूचनामा भनिएको छ, ‘फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा मिति २०८२–११–२० देखि ०८२–११–२२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यहि १९ गते तराइमा होली र १८ गते पहाडमा होलीको विदा गरेर १८ देखि २२ गते सम्म ५ दिनको विदा हुने वताइन्छ।
प्रतिक्रिया