उपभोक्ता अदालतको अध्यक्षमा डा भट्ट नियुक्त

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १३ ०९:०५ बजे

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौँ जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो ।

डा भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमै सर्वप्रथम सञ्चालित कानुनमा स्नातकोत्तर ९एलएलएम० डिग्री प्रथम श्रेणीमा प्रथम भई उत्तीर्ण गरेका छन् र उनी महेन्द्र विद्या भुषण ‘ख’ बाट विभूषित भएका थिए । उनले हङकङ विश्वद्यालय हङकङबाट अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा प्रथम श्रेणीमा कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री हासिल गरेका छन् ।

कानुन र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधि (पिएचडी) डिग्री हासिल गरेका छन् । उनका न्याय र कानुनका क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित हुनाका साथै उनको लेखन, अनुसन्धान र प्रशिक्षणमा विशेष दखल रहेको छ ।


२०८२ फागुन १३ ०९:०५ बजे

प्रतिक्रिया