राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादी उम्मेदवार राजुप्रसाद हरिजनमाथि कुटपिट गरेका छन् ।
उम्मेदवार हरिजनले चुनाव प्रचारप्रसार गरिरहेको ठाउँमा पुगेका रास्वपा कार्यकर्ताले हरिजनसहित समर्थकमाथि पनि कुटपिट गर्दा क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सि र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन । कुटपिटबाट टाउको र अनुहारमा गम्भीर चोट लागेको उम्मेदवार हरिजनले बताएका छन ।
नेकपा(माओवादी) ले बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा गरेको प्रचारप्रसार स्थलमा पुगेर रास्वपाका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ । ‘म गाडीमाथि बसेर भाषण गरिरहेको थिएँ । सडक छेउमा रहेका रास्वपा कार्यकर्ताको बीचबाट आएका केहीले घण्टीको एरियामा आएर प्रचारप्रसार किन ? भन्दै साथीहरुलाई कुटपिट गरे । छुट्टाउन जाँदा ममाथिसमेत निर्घात कुटपिट भयो ।’
प्रतिक्रिया