काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नं. व्यूरोले गिरफ्तार नेता कार्यकर्तालाई विनाशर्त रिहाईको माग गरेको छ। २०८२ माघ १६ गते निर्वाचन बहिष्कारको कार्यक्रम अन्तर्गत कार्यक्रम गरिरहँदा सिन्धुली जिल्ला दुधौलीबाट केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पूर्णबहादुर खड्कालाई गिरफ्तार गरिएकोमा घोर भत्र्सना गर्दै तत्काल रिहाईको माग गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छः“हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गर्ने राजनीतिक निर्णय गरेको विदितै छ । सोही निर्णय कार्यान्वयन गर्ने क्रममा आज पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पूर्णबहादुर खड्कालाई कठपुतली बर्बरा सरकारको प्रशासनले सिन्धुली जिल्ला, दुधौलीबाट विना कारण गिरफ्तार गरिएको घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, १० नं. क्षेत्रीय व्यूरो घोर भत्र्सना गर्दछ ।
साथै गिरफ्तार केन्द्रीय सदस्य कमरेड पूर्ण बहादुर खड्कालाई विना शर्त रिहाइको अनुरोध गर्दछ तथा चुनाव बहिष्कारको अपिल गर्न पाउने जनताको लोकतान्त्रिक नैसर्गिक अधिकारको सम्मान गर्न बार्बरा फाउण्डेशन समर्थित सरकार तथा प्रशासनलाई चुनौती सहित यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछु भनि वक्तव्यमा उल्लेख गरेका छन ।”
प्रतिक्रिया