दिल्लीमा मात्र नेपाली दूतावास भएर पुग्दैन मेट्रोपोलिटन सिटीमा कन्सुलेटको पनि व्यबस्था गरिनु पर्छ -महेन्द्र वस्याल महासचिव

एकता महाधिवेशनमा सहमतिय प्रस्तावमा मुठ्ठि उठाएर पास गर्नेहरु एकता समाजको पद नपाए पछि सहमतिय प्रस्तावको भावना विपरित भ्रम सृजना गर्दैआएका छन।

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २८ १९:३६ बजे
महेन्द्र वस्याल महासचिव

लामो समय देखि भारतमा रहेका नेपालीहरुको हकहित  अधिकारको लागी सँघर्ष गर्दै आउनु भएका सँघर्षसिल व्यक्तित्व अखिल भारतिय नेपाली एकता समाजका महासचिव महेन्द्र वस्याल सँगको भेटमा बिम्व अनलाइन पत्रिकाका प्रतिनिधिले लिएको अन्तवार्ताका सम्पादीत अँशहरु

तपाई अखिल भारत एकता समाजको महासचिव हुनुहुन्छ ? भारतमा रहेका नेपालीहरुको हकहित सुरक्षाका लागी समाजले के कस्ता काम गरेको छन?

अखिल भारत नेपाली एकता समाज भारत स्थित नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूत गर्न हमेसा अग्रपंतिमा रहेर काम गर्ने अभिभावकीय संगठनको रूपमा उदाएको छ। यसले आफ्नो स्थापना काल देखि नै भारतमा कार्यरत लाखौ नेपालीहरूका जल्दा बल्दा समस्याहरुको समाधान गर्दै आएको कुरा सबैलाइ अबगत नै छ। जस्तै असाय, असक्त, हराएका, अलपत्र परेका, विरामी, वेरोजगार, मोरभाग एवं आपत विपतमा परेका, अन्याय अत्याचारमा परेका विभिन्न घातक रोगले ग्रस्तित विरामीहरू लाई उपचारको लागि सहि मार्गदर्शन गर्न, राशनकार्ड र आधार कार्डका समस्या समाधान गर्न, १९५० को सन्धि द्वारा प्रदत्त अधिकारको सदुपयोग र गलत राष्ट्रघाती नियतको विरोध गर्न, नेपाल भारत यात्राका दौरान प्रहरी प्रशासनको मिलीभगतमा असामाजिक तत्वहरू द्धारा गरिने लूटपाट अन्याय अत्याचारका विरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सहित भारतीय प्रदेश प्रशासन र नेपाली राजदूत मार्फत नेपालका प्रधानमंत्री लाई ज्ञापन दिने काम सहित अन्य कयौ काम गर्दै आएका छौ। 

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता  महाधिवेशनमा सहमतिका प्रस्ताव के-के पारित भएको थिए? तपाई लाई थाहा भएमा वताइ दिनुहुन्छ की ?

 अखिल भारत नेपाली एकता समाजले नैतिक समर्थन गर्ने पार्टी क्रांतिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा एकता महाधिवेशन भएकोले पार्टीका आ -आफ्नै प्रस्तावहरू थिए। महाधिवेशन अगावै फोरम सन्चालन गरी दस्तावेजहरू लेखन र अध्यान गरिएको थियो। महाधिवेशनमा ति प्रस्ताबहरूमाथी घनीभूत रूपमा अध्यायन र छलफल पनि भयो। माओवादी जनयुद्धको विषयमा पार्टी भित्र मात्र छलफल गर्ने, माओविचारधारा र माओवाद,  आत्मनिर्णय सहितको जातीय संघीयताको पक्ष र विपक्षमा खुला रूपमा छलफल गर्न, लेख रचना लेख्न पाउने र अर्कों महाधिवेशन सम्म छलफलको विषय भन्ने एकता महाधिवेशनको सहमतिय प्रस्ताव पारित भएको थियो। अहिलेको विषम परिस्थितिमा दलगत स्वार्थलाइ भन्दा पनि देश र जनताको स्वार्थलाइ केन्द्रमा राखेर नयाँजनवाद, वैज्ञानिक समाजवाद र साम्यवादलाइ लक्ष्य राख्ने क्रान्तिकारी दलहरू कैयन असहमतिका वावजूद पनि फुटेर हैन जुटेर जानु पर्छ भन्ने मूल्य मान्यता अनुसार पार्टी एकताको मर्म लाई सबैले बुझेर पार्टीको बटम लाइन माओवादलाइ मानेर जाने विषयमा सहमति भएको थियो। यो विषयलाई लिएर कतिपय राजनीतिक शब्द ज्ञान नभएका, पार्टी भन्नेको विपरितहरुको एकत्व हो वा विपरित चिज सँ-सँगै हुन्छ जस्तै ओकालो सँगै ओलारो हुन्छ तर ओकालो चड्दा ओरालो विर्सिने ओरालो आउदा ओकालो विर्सिने व्यक्तिहरुले जिवन्त पार्टीमा अन्तविरोध हुन्छ भन्ने मान्यतालाई अस्वाकार गर्ने एकता र क्रान्ति विरोधि केहि व्यक्तिहरूले आत्मसमर्पण र विलयको संज्ञा पनि दिने गरेर भ्रम सृजना गर्ने गरेका छन। तर उनीहरूको मुख्यकुरा पदलुप्त  अवसरवादी तथा सैदान्तिक एव राजनैतिक दरिद्रता हो। 

एकता समाज वाट केहि व्यक्ति वाहिरिएको भन्ने भ्रम छरेका छन वास्तविकता के हो?

 पार्टी एकता पछि जनवर्गीय संगठनको पनि एकता भएको थियो। अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बिच ७ जुलाइ २०२४ हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको थियो। उक्त अधिवेशनले संगठकोनाम अखिल भारत नेपाली एकता समाजनै मानेर जानें सहमति भएको थियो। दुई संगठनको विच एकता हुदा पदीय ज़िम्मेदारी फेरबदल हुने कुरा स्वाभाविक हो। एकताको समयमा पूर्ण रूमा सहमति जनाएर अगाड़ी बढेका साथीहरू पनि अहिले पद प्रतिष्ठाको खिचलो झिकेर समाजमा गुटवन्दी एवं अराजकता सृजना गर्ने, सामाजिक सन्जाल मार्फत समाजका आन्तरिक एवं गोपनीयताका विषयलाई छताछुल्ल बनाउने काम गर्नु भयो। ती  विषमा समाजले विधान र पद्धति अनुसार सम्झाउने काम गर्दा पनि नमाने पछि अनिश्चित कालको लागि केही साथीहरू अनुशासनको कार्वाहि पर्नु भएको छ। तीनै कार्वाहिमा परेका साथीहरूले विघटन भई सकेको आठौ अखिल भारत सम्मेलन द्धारा निर्वाचित समितिलाइ ब्युतायौ भन्दै झुट र भ्रमित समाचार सामाजिक सन्जालमा वक्तव्य जारी गरेर हल्ला गर्नु भएको छ। त्यो केवल स्याल हुँया मात्र हो । त्यो समितिको बहुत हामी संग छ। अखिल भारत नेपाली एकता समाज भारत स्थित नेपाली जनताको संगठन हो त्यो कुनै व्यक्ति विशेषको विर्ता होइन। 

जेनजी आन्दोलन वारे तपाईको भनाइ के छ?

अहिले देश अस्थिर अवस्था बाट गुज्री रहेको छ। जेनजी आन्दोलनले भ्रष्टाचारीहरूलाई सबक सिकाउदै एउटा नया सन्देश दिएको छ। तर आन्दोलनमा देशी विदेशी घुसपैठ र देशको सुरक्षामा बसेको सेना मूकदर्शक बन्नाका कारण देशको राष्ट्रिय सम्पत्तिमा आगजनी गरियो हजारौ क़ैदी फरार भए। समग्र मूल्यांकन गर्दा केही गलत भएता पनि भ्रष्टाचारको विषयमा जेनजी आन्दोलन सकारात्मक नै छ। जेनजी आन्दोलन असंगठित र योग्य नेतृत्व नभएको हुनाले केही कमिकमजोरी पनि भएका छन। अहिले देशमा विभिन्न खाले प्रतिगामी शक्तिको चलखेल बढिरहेको छ। यसको मुख्य कारण प्रमुख राजनीतिक दलको गैरजिम्मेदारी पनले नै हो भन्नेमा कुनै दुईमत छैन। यस्तो विषम परिस्थितिमा देश विदेशमा रहेका समाजसेवी र राजनैतिक पार्टीहरू फुटेर हैन जुटेर स्वाधीन सरकार गठन गरे मात्र देशलाइ सबै तहबाट जोगाउन सकिन्छ भन्ने लाग्छ। 

एकता समाजका आगामी कार्यक्रमहरु के के रहेका छन  ?

एकता समाजका आगामी कार्यक्रम त भारत स्थिति नेपाली जनतालाइ संगठित बनाउदै देशमा चल्ने मुक्तिकामी न्यायीक आन्दोलनमा सरिक बनाउने र भैपरि आउने जनताका समस्या समाधान गर्नु नै प्रमुख काम हुन। त्यसका अलवा अहिले हामीले सांगठनिक कामहरू पनि तय गरेका छौ। अहिले नोभेम्बर दिसंबरमा भारत व्यापी नगर सम्मेलन र फरवरी मार्च २०२६ मा क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेका छौ। अप्रेल लास्ट तिर नबौ अखिल भारत सम्मेलनको तयारीको लागि विस्तारित बैठक बोलाउने पनि निर्णय भएको छ। त्यस भन्दा पहिला व्यापक सदस्यता अभियान चलाउने, सम्भावित स्थानमा समिति निर्माण गर्ने योजना बनाएका छौ। 

भारतमा रहेका  नेपालीहरुका मुख्य समस्या के के देखापरेका छनरु भारतमा रहेको नेपाली दुतावासले समाज सँग कतिको सहकार्य गरेको छ?

भारतमा रहेका नेपालीहरूका मुख्य समस्या भनेको रोजगारी नै हो। पहिला पहिला नेपालीहरूले सरकारी जागीर पाउने गर्दथे। अहिले नेपालीहरूले प्राइभेट जागीर पाउन पनि मुस्किल छ किनभने यो कम्प्यूटर र एआइको युग हो। यसले गर्दा नेपाली मात्र हैन विश्वमा नै मजदूरहरू वेरोजगार हुदै गएका छन र पाएको कामको पनि स्थायित्व हुदैन। अर्को कुरा कतिपय नेपालीहरू बाटै गलत काम हुने गरेका छन र ती गलत कामका कारण निर्दोष मान्छेले दुःख पाएका छन। यसलाई रोक्न समाजले हर सम्भव प्रयत्न गरि रहेको छ। 

अर्को तर्फ १९५० को सन्धिका तहत प्राप्त सहुलियत गुम्दै गएका छन र पुन स्थापित गर्नका लागि समाज संघर्षरत छ। आधार कार्ड र राशन कार्डका समस्या पनि छन। भारत बाट नेपाल र नेपाल बाट भारतमा पैसा पठाउन झन्झटिलो छ। भारतका मुख्य शहरबाट काठमांडू, पोखरा र भैरहवा प्लेन सेवा नहुनाले पनि समस्या भएका छन। यी सबै विषयमा समाजले नजिक बाट निहाल्ने र समाधान गर्न प्रयत्न पनि गरीरहेको छ। कहिले काही नेपाली दुतावास संग पनि भेटघाट गरी समस्या राख्ने गर्दछौ तर दूतावासको भूमिका नगन्य छ। दिल्लीमा मात्र दूतावास भएर पुग्दैन मेट्रोपोलिटन सिटीमा कन्सुलेटको पनि व्यबस्था गरिनु पर्छ भन्ने हाम्रो माग छ। 

तपाईको वाकी अरु भन्नु केहि छकी ?

मलाई विम्ब अनलाइनले आफ्ना भनाइ राख्न दिएकोमा सम्पूर्ण टिमलाइ धन्यवाद दिन चाहन्छु। विम्ब अनलाइनले जसरी देश विदेशमा रहेका गरीब दुखि जनताका आवाज बुलंद गर्दै आएको छ यसलाइ अझै व्यापक वनाउदै लोकप्रिय बनोस भन्ने शुभकामना दिन चाहान्छु ।









२०८२ असोज २८ १९:३६ बजे

प्रतिक्रिया