काठमाण्डौ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ न. व्युरोको सहजिकरण एवम समन्वयमा यहि भाद्र २० गते हुने बृहत जनसाँस्कृतिक कार्यक्रमको तयारी बैठक आज इच्छुक साँस्कृतिक प्रतिष्ठान काठमाण्डौमा बसेको वताइन्छ।
बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ न ब्युरो सचिब चिन्तामणि पौडेल अखिल नेपाल जनसाँस्कृतिक महासँघका अध्यक्ष हिरामणि दुःखि पार्टीका काठमाडौ जिल्लाका सचिब एब केन्द्रिय सदस्य केदार खतिवडा रक्तिमका अध्यक्ष नारायण शर्मा सामनाका अध्यक्ष असल वाइबा जनसाँस्कृतिक महासघ ९ न.का सँयोजक गौरि देबकोटा लगायतको सहभागिता थियो।
भाद्र २० गते हुने साँस्कृतिक कार्यक्रममा कमेडि नाटक अपेरा लगायत नयाँ नयाँ प्रस्तुतिको तयारी रक्तिम सामनाका कलाकारहरुले गरी रहेका छन। कार्यक्रममा जनगायक जिबन शर्मा कलाकार सुबोध गौतम लगायतका अन्य जनकलाकारहरुको प्रस्तुति रहने टेकहरि न्यौपानेले विम्व अनलाईन लाई वताएका छन।
प्रतिक्रिया