स्वास्थ्यकर्मी मृत फेला

bimbonline बिम्ब अनलाइन
२०८२ भदौ २ १५:०६ बजे

सुदूरपश्चिमको स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत अवस्थामा फेला परेकी छिन् । पुर्चौडी नगरपालिका–१०, विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफैं कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

स्वास्थ्यचौकी कार्यस्थल घरदेखि टाढा भएकाले उहाँ स्थानीय स्तरमै कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । जीवनलाई समुदायको सेवासँग जोडेर अघि बढाएकी कुँवर गत वैशाखमै वैवाहिक जीवनमा बाँधिएकी थिइन् । उहाँका श्रीमान् नेपाली सेनामा कार्यरत छन् 

घटना सार्वजनिक भएलगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।समुदायमा खटिएर स्वास्थ्य सेवा पुर्‍याउँदै आएकी युवा अनमीको असामान्य मृत्युले गाउँमा स्तब्धता छाएको छ ।



२०८२ भदौ २ १५:०६ बजे

प्रतिक्रिया