धनगढी : कैलालीमा भारी वर्षा भएको छ।जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरापलिका र कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिका केन्द्रीत भएर वर्ष हुँदैछ।
महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ। अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतवार साँझ ५ः४५ देखि सोमवार बिहान ८ः४५ सम्ममा २१२ दशमलव २ मिलिमिटर वर्ष मापन गरिएको हो। अत्तरियामा मापन गरिएको यो वर्षा भारी हो।
सोमवार बिहानदेखिको वर्षका कारण धनगढी जलमग्न भएको छ। धनगढी उपमहानगरपालिका, पार्क मोड, रातो पुल लगायत मुख्य क्षेत्रमा पानी भरिएको छ। धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेकाले मोहना नदी आसपासका क्षेत्रहरूमा सतर्क रहन भनिएको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी वर्ष भएको बताए। तर, अहिलेसम्म वर्षाका कारण भएको क्षतिको कुनै विवरण प्रशासनलाई प्राप्त भएको छैन्।
प्रतिक्रिया