अनियमितता र भ्रष्टाचारविरुद्ध कर्नालीका वोहराले गरे पैदल यात्रा

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ ३२ १४:४५ बजे

काठमाडौँ ।अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै कर्नाली प्रदेश सुर्खेतका नबराज बोहरा खाली खुट्टै पैदल यात्रा गरेर काठमाडौँ आइरहेका छन् । गरिबी, शिक्षा अभाव, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जेठ ४ गतेदेखि बालुवाटारसम्मको पैदल यात्रा गरिरहेको उनी आज २८औँ दिन धादिङ आईपुगेका छन् । गएराति यात्राको २७औं दिनमा धादिङको गजुरी आइपुगेका उनी अहिले त्यहाँबाट अघि बढिरहेका छन् । 

उनले अनियमितता र भ्रष्टाचारविरुद्ध खाली खुट्टा खबरदारी अभियान चलाएको उल्लेख गरेका छन् । कर्णालीका मुद्दाहरु सहित बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सुनाउने योजना बनाएका छन् ।


२०८२ ज्येष्ठ ३२ १४:४५ बजे

प्रतिक्रिया