गाजाको अवस्था नर्कभन्दा पनि खराब : स्पोलजारिक

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ २३ १३:३७ बजे

काठमाण्डौ । अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसी की अध्यक्ष मिर्जाना स्पोलजारिकले ‘गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब’ भएको बताएकी छन्। जेनेभा मुख्यालयमा बीबीसीलाई दिएको अन्तर्वार्तामा स्पोलजारिकले यस्तो बताएकी हुन् ।

बीबीसीसित उनले भनिन्, (गाजामा) मानवता पूर्ण रूपमा समाप्त भएको छ।’ उनले अगाडि देशहरूले यो युद्ध तथा प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरू रिहा गर्न पर्याप्त कदम नचालेको टिप्पणी गरेकी छन्।

उनले भनेकी छन्, ‘प्यालेस्टिनीहरूलाई मानवीय मर्यादाबाट वञ्चित गरिएको छ र अन्तर्राष्ट्रिय मानवीय कानुन खोक्रो हुँदै छ। गाजामा जे भइरहेको छ, त्यो कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डले स्वीकार गर्न सक्दैन।’

आईसीआरसी युद्ध क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो। गाजामा यसका लगभग १३० कर्मचारी छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनी छन्।सोमबार गाजामा राहत केन्द्रनजिकै भएको इजरायली गोलीबारीमा कम्तीमा २७ प्यालेस्टिनी मारिएको गाजाका स्थानीय अधिकारीहरूले बताएका छन्।


२०८२ ज्येष्ठ २३ १३:३७ बजे

प्रतिक्रिया