सुदूरपश्चिमका वरिष्ठ वामपन्थी नेता आरसि भट्ट जसले जिवनभर सँघर्ष गरे

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ १३ १४:३३ बजे
रामचन्द्र भट्ट( आरसि भट्ट)

धनगढी। नेपालको वामपन्थी आन्दोलन मुलतः सुदूरपश्चिमको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा २०२८साल देखि निरन्तर काम गर्दै आउनु भएका रामचन्द्र भट्ट (आरसि भट्ट ) सुदूरपश्चिमका वरिष्ठ वामपन्थि नेता हुनुहुन्छ।उहाँले तिसको दशकमा काठमाण्डौमा वसेर वि.कम. पास गरेर धनगढी खानेपानीमा केहि समय नोकरी गर्नुभयो। तत्कालिन सरकारका विरुध्दमा भुमिगतरुपमा राजनिति गरेको आरोपमा पञ्चायत सरकारले उहाँ लाई नोकरी वाट वर्खास्त गरे पछि पुर्णकालिन  कार्यकर्ताका रुपमा तत्कालिन नेकपा(मशाल)को कैलाली जिल्ला सचिव भएर काम गर्नुभयो।

कैलाली जिल्लाका किसानहरुलाई जग्गा दिलाउन, रक्सी भट्ट वन्द गर्न, गेटविमास्थलको जग्गा अतिग्रहरण पिडित जनताको न्याय दिलाउन होस वा अत्तरियामा रहेको रोजिन कम्पनिका मजदुरको हकहितका लागी उहाँको नेतृत्वमा निरन्तर सँघर्ष अगाडी वढाउदै आएको कुरा उहाँले एक भेटमा वताउनु भयो। शसत्र विद्रोहको तयारीकाक्रममा उहाँले दुइवटा चाइनिज पेस्तोल लेखराज भट्ट लाई दिनुभयो।लेखराज भट्टले दुइ वटा पेस्तोल मध्ये एक पेस्तोल प्रचण्डलाई जनयुध्द शुरु गर्नु भन्दा पहिले उपलव्ध गराएको जानकारहरु वताउछन।

वि.कम. पास गरेर धनगढीको खानेपानी कार्यालयमा नोकरी गर्दै आएका आरसि भट्ट  पञ्चायति सरकारको अराष्टिय तत्व वा पञ्चाय विरोधि राजनिति गरेको आरोपमा नोकरी वाट वर्खास्त गर्दा उहाँ सँग कैलाली गाँउमा १८ विघा जग्गा थियो। उहाँका घरमा श्रीमति, दुइ छोरा, पाँच छोरीहरु मध्ये एक छोरीको केहि समय पहिले निघन भएको वताए। घरमा छोरा वुहारी नाति नातिनी र श्रीमतिका साथ वस्दै आउनु भएका छन।

चौथो महाधिवेशनको वेला मोहन विक्रम र मोहन वैध्यको पक्षमा उभिएका भट्ट २०४२ सालको पार्टी विभाजनमा मोहन विक्रमले नेतृत्व गरेको नेकपा(मसाल)मा लाग्छु भयो। नेकपा(मसाल)को पोलिटव्युरो सदस्य सम्मको जिम्मेवरी  वहान गरेका भट्ट अहिले स्वास्थ्यका कारण घरमा नै आराम गरिरहनु भएका छन। 

राजाराम प्रतापसिहले २०४२ सालमा पञ्चायति सँसद भवनमा वम विष्फोटन पछि पञ्चायति व्यवस्थाले कम्युनिष्टहरु माथि व्यापक घरपकट दमन गर्ने क्रममा उहाँलाई घर वाट नै गिरफ्तार गरेर शारिरीक तथा मानसिक याताना दिएका कारण अहिले सम्म पनि कम्मरमा पिडा भइरहेको उहाँले वताएका छन। वमकाण्डको आरोपमा उहाँलाई राजकाज मुद्दामा कैलाली कारागारमा नौ /नौ महिना गरी १८ महिना जेलमा राखेका थिए। पञ्चायत सँग आत्मा समर्पण गर्ने अरु व्यक्तिहरु कसैलाई कागज गरेर, कसै लाई ३ महिना पछि, कसै लाई ६ महिना पछि जेल मुक्त गरे पनि उहाँ लाई भन्ने १८ महिना कठोर जेल जिवन विताएका थिए। सँकटकालको समयमा माओवादीको आशँका बोरडाडी व्यारेकका सेनाले उहाँ कैलालीगाँउका स्कुलमा भइरहेको जनमोर्चाका कार्यक्रम वाट गिरफ्तार गरेर कुरयातना दिएका थिए।माओवादी नभएको थाहा पाएपछि उहाँलाई  कार्यक्रम स्थलमा नै पुर्याएर सेनाले उहा र जनता सँग माग मागेका कुरा उहाँले वताएका छन।

जनगणतात्रिक राजनितिक व्यवस्था स्थापना गर्ने उदेश्यका साथ निरन्तर वामपन्थि आन्दोलनमा क्रियाशिल भट्टको भुमिकाले सुदूरपश्चिमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,एमाले, माओवादी केन्द्र , मसाल र अन्य वामपन्थी घटकहरु आज जे जुन अवस्थामा पुगेका छन यस्मा केहिन केहि उहाँको पनि देन तथा भुमिका रहेको पाइन्छ। व्यक्तिगतरुपमा  क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका लागी उहाँले नोकरी गुमाउनु पर्यो,पटकपटक जेलनेल यातना खेप्नु पर्यो, १८ विघा जग्गा मध्ये १६ विघा जग्गा विक्रि गरेर २ विघा जग्गा मात्र रहे पनि आफुले नेपालको कम्युनिष्ट आन्दोलन एव मुलतः सुदूरपश्चिमको कम्युनिष्ट आन्दोलमा पुर्याएको योगदान र त्याग प्रति उहाँ गौरव र सन्तुष्ट हुनुहुन्छ। कम्युनिष्ट पार्टीका नेता सरल व्यवहारिक हुनुपर्ने मान्यता उहाँमा रहेको छ। क्रान्तिकारी कम्युनिष्ट आन्दोलन जनसँघर्ष वा वर्ग सँघषले मात्र उठ्न सँक्छ।  वर्ग सँघर्ष सञ्चालन भएको समयमा क्रान्तिकारी आन्दोलन आसलाग्दै हुने गरेको छ भन्ने सँघर्ष नभएको समयमा पतन हुने गरेको उहाँले वताएका छन। अहिले कम्युनिष्ट पार्टीमा के पाउने( पद वा पैसा) कति पाउने कहिले पाउने कसरी पाउने भन्ने आधारमा लाग्ने गरेका छन। हाम्रा पालमा पार्टी देश जनता लाई कसले के दिन सक्ने( वलिदानी त्याग) आफ्ना लागी होइन देश जनता वर्गिय मुक्तिका  लागी राजनिति गर्ने भन्ने भावना चाहाना रहेको थियो उहाँले भन्नु भयो। अहिले कम्युनिष्ट आन्दोलनमा यि कुरा देख्न सुन्न भोग्न पाइदैन। छट्टु कामचोर चाकरीवाजहरु कम्युनिष्ट पार्टीका नेतृत्व हत्याउन पुगेका छन।यसले सहि दिशामा आन्दोलन लग्न सक्दैन भन्ने विश्वास छ। उहाँ अहिले नेकपा(मसाल)को कुनै जिम्मेवारीमा नरहेकोले घरमा आराम गर्नुका साथै लेख्ने पढ्नेकाम लाई निरन्तता दिइ रहनु भएका छन।



२०८२ ज्येष्ठ १३ १४:३३ बजे

प्रतिक्रिया