जोगवुडा। डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा न. ५ परिगाउ स्थित प्रसिध्द तिर्थस्थल परशुरामधाममा रहेको परशुराम क्षेत्र बिकास समितिको ३१औं बार्षिक साधारणसभा बाट अध्यक्षमा गणेश प्रसाद जोशी निर्बाचित भएका छन ।
हरेक तीन बर्ष पछि नयाँ समिति चयन हुने क्षेत्र बिकास समितिको बिधान अनुरुप नयाँ पदाधिकारीहरु बिच सर्ब- सम्मत हुन नसक्दा निर्बाचन प्रक्रियामा जानुपरेको निबर्तमान अध्यक्ष गणेश प्रसाद जोशीले बताउनु भयो ।
यहि चैत्र २४ गते समितिका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा सञ्चालन र सुदुर पश्चिम प्रदेश सरकारमा पुर्बभौतिक पुर्बाधार बिकास मन्त्री पठान सिंह बोहराको प्रमुख आथित्यतामा सम्मन्न भएको साधारण सभामा नयाँ कार्य समिति चयनमा सहमती नजुटे पछि तेज बहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्बाचन समिति गठन गरिएको थियो ।
चैत्र २४ गतेनै निर्बाचन गर्नेगरि कार्य अघि बढाएपनि अबेर साझ सम्म निर्बाचन हुन नसक्दा २६ गते बिहान आठ बजे देखि दिउँसो २ बजे सम्म मतदानको समय तोकेको थियो।मतदाता संख्या १९६ मध्ये १४१ मत खसेको निर्बाचन समितीका संयोजक तेज बहादुर सिंहले जानकारी दिनुभयो । खसेका मत मध्ये अध्यक्ष पदका उम्मेदवार गणेश प्रसाद जोशीले ७३ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिद्वन्दी पदमराज जोशीले ६५ मत प्राप्त गर्नु भएको थियो।त्यसै गरि उपाध्यक्षमा कृष्ण बहादुर बिष्टले ६६ मतका साथ निर्बाचित हुनुभयो ।कोषाध्यक्ष पदमा गुलाबी देबि दानिले ७७ र सचिब पदमा नरेन्द्र बहादुर बोहराले ८६ मत प्राप्त गरि निर्बाचित हुनु भयो ।
क्षेत्र बिकास समिति लाई राजनीतिक पार्टीहरु ले भगेनी सँगठनका रुपमा दबदबा रहेकोले यो समाज र सँस्थाको हित बिपरित भएको आम सर्बसाधारणले दुख ब्यक्त गरेका छन । आशु भण्डारी
प्रतिक्रिया