अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको निधन

घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पतालमा

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १२ १३:१२ बजे

अछाम। अछाममा ट्याक्टर पल्टिंदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ  । अरु तीन जना घाइते भएका छन् । आज बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी सन्तोष पाठकले  जानकारी दिनुभयो । ट्याक्टर कसरी पल्टियो भन्ने वारेमा अनुसन्धान भइरहेको वताइन्छ।



२०८० चैत्र १२ १३:१२ बजे

प्रतिक्रिया