धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । हिजो माओवादी केन्द्रले र हिजो नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको परेको हो ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादी ४ जना सांसद थिए । अब मुख्यमन्त्री शाहलाई आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्दैनन् । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र १ जना र राप्रपाका १ जना सांसद छन् उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुन सक्छन् ।
प्रतिक्रिया