काठमाण्डौ । हिजोको वर्षाले पूर्व–पश्चिम राजमार्गको नवलपरासीमा पर्ने चोरमारा र दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।सडक स्तरोन्नतिका लागि भित्तो काट्ने काम भइरहेकाले हिजो पानी परेपछि रातो माटो बगेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको हो । सडक चिप्लो भएर गाडी चलाउन पनि समस्या रहेको प्रहरीले जनाएको छ ।
हिजै रातिदेखि सडक अवरुद्ध हुँदा गाडीको लाइन लागेको छ । यात्रुहरू अलपत्र परेका छन् । आज बिहानदेखि बल्ल यात्रुवाहक गाडी चल्न थालेका छन् । मालवाहक ठूला ट्रक अझै चल्न सकेका छैनन् ।लामो समयदेखि निर्माणाधीन यो सडक खण्ड हिजोको वर्षाका कारण हिलाम्मे भएको छ । ट्रकलगायतका धेरै वजन बोकेका कतिपय गाडी त्यही हिलोमा फसेका छन् । यी गाडी हटाउन पहल भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया