काठमाण्डौ। युट्युबर मनोज मानव पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले मनोजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई साइबर ब्यूरोले पक्राउ गरेको थियो।तारा बरालको उनीविरुद्ध जाहेरी दिएकी थिइन्। यसअघि पनि पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए। तर फेरि पनि उस्तै गतिविधि गरेपछि उनी पुनः पक्राउ परेका थिए।
कुनै निश्चित मापदण्ड तथा सुचना विभागको अनुमति विना एक क्यामेरा लिएर मनलागी गर्दै आएका युटयुवर कुनै पत्रकार पनि होइन्न। पछिल्लो समय अनियत्रित युटयुवरले समाजमा नकरात्मक तथा गैरकानुनी समाचार सन्देश सुचना प्रवाह गरेको कारण समाजमा विकृति विसँगतीले प्रसय पाउदै आएको थियो। गैरकानुनी काम गर्ने अन्य युटयुवर पनि क्रमश जेल चलान हुने सम्भावना वढ्दै गएको छ।
प्रतिक्रिया