काठमाडौं । थोरै मात्रै बैंकहरुले अहिले आईपीओ भर्दा शुल्क नलिने गरेका छन् । अब कुमारी बैंक लिमिटेडले भदौ १ बाट लागू हुने गरी आफ्नो सम्पूर्ण खातामा सी आस्बा आवेदन शुल्क नलिने भएको छ ।
भदौ १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका पुँजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क लाने छैन् ।
यसबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैंकका सम्पूर्ण खाताधारकलाई विशेष लाभ प्राप्त हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया