महेन्द्रनगर।कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ।जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा गए राति हात्तीको मृत्यु भएको हो । वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए ।
उनले राति १२ बजे पछिको घटना भएको बताए । ‘पहिलो पनि त्यो क्षेत्रमा हात्तीहरू ओहोरदोहोर गरिरहेका हुन्थे तर, शौचालयको सेप्टी ट्याङ्की भन्दा परैबाट उनीहरू हिँडिरहेका हुन्थे’ उनले भने ‘तर, हिजो राति कसरी त्यहाँ सम्म आयो हामी बुझिरहेका छौँ ।’सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए । अहिले पोस्टमार्टमको तयारी भइरहेको छ ।
मध्यवर्ती क्षेत्रमा सेष्टीट्याङ्कि खुल्ला राखेर धराप थापे जस्तो भएको छ। सेष्टीट्याङ्कि खुल्ला राख्नु गम्भिर लापर्वाहि हो जसका कारण हात्तीको मृत्यु हुन गर्यो। सामुदायिक वनका मान्छेहरु लाइ कार्वाहिको दायरामा ल्याउनु पर्छ स्थानिय पदम वोहराले वताए।
प्रतिक्रिया