दिवेश कुमार महतो, जनकपुरधाम ।कृषिमा आत्मनिर्भरताका लागि कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ। संवाद फाउन्डेसनको आयोजनामा धनुषाको लक्ष्मिनियाँ गाँउपालिकास्थित राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनिया मा सोमबार कार्यक्रमको आयोजना गरियो।
कृषि पेसामा आबद्ध भएकाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन र कृषि पढ्ने विधार्थीहरुलाई भावी पुस्तामा आइपर्ने चुनौती र समस्याको सामाधानका उपायहरु बारे जनचेतनामूलक कार्यक्रमका निम्ति कृषि अध्ययनरत विद्यार्थीहरुलाई कृषि पेसा प्रति आकर्षित गराउनका लागि कृषि संवाद कार्यक्रम राखिएको कुरा संवाद फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले बताउनुभयो।
कार्यक्रममा किसानहरु,कृषि अध्ययनरत विद्यार्थी र कृषि सँग सम्बन्धित भएर काम गर्ने सरकारी कर्मचारीहरु र कृषिलाई माया गर्ने मानिसहरूको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा अतिथिको आमन्त्रण स्विकार गर्दै मधेस प्रदेश सरकारका राज्यमन्त्री संजय कुमार यादव, प्रमुख जिल्ला अधिकारी (सिडिओ) धनुषाका काशिराज दाहाल ,कृषि वैज्ञानिक डा.रामवरण यादव, कृषि वैज्ञानिक शुसिलराज सुवेदी र वरिष्ठ पत्रकार अजय झाको उपस्थिति रहेको थियो। कृषि संवाद कार्यक्रम प्रस्तुताको रुपमा अप्पन टिभिका पत्रकार अमित ठाकुर रहेको थियो।
कृषि पेसामा आबद्ध हुन चाहनेहरुले अब कृषिलाई आधुनिकीकरण र प्राविधिक कृषि तर्फ जोड दिनुपर्ने आवश्यक रहेको कुरा एकदिवसीय कृषि संवाद कार्यक्रमकको उदघाटन सत्रमा कृषि वैज्ञानिक डा.रामवरण यादवले बताउनुभयो। तराई-मधेसमा कृषि गर्न योग्य हावापानी भएर प्राकृतिक हिसाबले पनि हामीलाई फाइदाजनक रहेको छ । यदि हामी कृषिमा समृद्ध भएनौ भने हाम्रो आर्थिक अवस्थामा ठेस पुग्न जाने कुरा निश्चित रहेकोले कृषि पेसामा नयाँ युवाहरुलाई यस प्रति सचेत गराउन आवश्यक रहेको कुरा जिकिर गर्नुभयो। किसानहरुलाई नयाँ प्रविधि बारे जानकारी गराइ श्रम र समयको बचत गर्दै जाँदा फाइदाजनक हुने कुरा निश्चित रहेकोले यस तर्फ केन्द्रित हुन आवश्यक पहल चाल्न सरकार सँग अनुरोध गर्नुभएको थियो।
जसरी मानवको आवश्यकता बढ्दै गयो, त्यसरी नै मानवलाई मानव सरह बाच्नका लागि र आफ्नो जिवनलाई आरामदायी बनाउनका निम्ति संचार सहित प्राविधिक उपकरणहरुको विकास भएको हुनाले कृषिमा आबद्ध भएकाहरुलाई प्राविधिक कृषि तर्फ जोड दिदै सञ्चारको माध्यमबाट विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु , तालिम,जनशक्ति उत्पादन गर्ने सिपको बिकाश गर्नमा जोड दिनुपर्ने आवश्यक रहेको कुरा डा. शुसिलराज सुवेदीले बताउनुभयो। किसानहरुका लागि रेडियो नेपालमा किसानहरुको समस्याको सामाधान र आधुनिकीकरण कृषि गर्ने जस्ता जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा रहेकोले यसमा किसानहरूलाई जुड्नु पर्ने हुन्छ। किसानहरुले कुनै पनि समस्या र खेतीपाती गर्न आवश्यक प्रोटोकल लागि निःशुल्क रुपमा सरसल्लाह लिनलाई ११३५ डायल गरी परामर्श लिन सक्ने व्यवस्था मिलाएको छ। एकै प्राविधिकले धेरै गाँउलाई समेटेर काम गर्ने भएकोले एक गाँउ एक प्राविधिक को आवश्यकता रहेको छ। हामी कहाँ ४५ हेक्टर जमिनमा तरकारी खेती भइरहेको छ। हामी कहाँ अहिले ३० प्रतिशत सिचाइ व्यवस्था रहेको छ। कृषि अध्ययनरत विद्यार्थीहरुले कृषि विषयको पढाई सँगै व्यावहारिक ज्ञाम तर्फ जोड दिने पर्ने आवश्यक रहेको र विधार्थीहरुले यस तर्फ जोड दिए मात्र कृषि पेसामा जनशक्तिको वृद्धि हुन जान्छ। नेपालको कुल क्षेत्रफलको ६० प्रतिशत भुभाग मधेसको कृषिले ओगटेको छ। तराई मधेस मा प्रशस्त मात्रामा खेतीपाती भईरहेकोले तराई मधेस मुलका मानिसहरू लाई कहिले पनि समस्या नहुने अवस्था रहेको छ। यहाँ अनुकूल वातावरणले हामीलाई साथ दिइरहेकोले ,हामीले पनि वातावरणलाई स्वच्छ र सफा राख्नमा एकमत हुन आवश्यक रहेको कुरा बताउनुभयो।
किसानले उत्पादन गरेको खाधान्न मा बिचौलियाहरुले मिसावट गरी ब्रम्हलुट मचाएको र खाधान्नको म्याद र चेकजाँच गरी मात्र उपभोग गर्न धनुषाका सिडिओ काशीराज दाहालले आग्रह गर्नुभयो। सिडिओ दाहालले किसानहरुका समस्या बारे निति निर्माण गर्ने बेलामा हामी आवश्यकता अनुसारको पहल गर्दै आएको कुरा गर्नुभयो। कृषि का सन्दर्भमा संघ ,प्रदेश र स्थानीय सरकार को अधिकार क्षेत्र भित्र पर्ने सबै काम गरे मात्र कृषि को विकास हुन्छ । किसानको खेत-खेतमा सिचाइ र हरेक गाँउमा जेटिए राख्न सक्यौ भने कृषिमा आत्मनिर्भर बन्न सक्ने सम्भावना अधिक रहेको बताउनुभयो।
संघ,प्रदेश र स्थानीय सरकारले कृषिलाई मुख्य पेसाको रुपमा आत्मसात गरेको र कृषि क्षेत्रमा सबैभन्दा बढी लागनी पनि रहेको छ तथापि जसरी कृषि को बिकास हुनेपर्ने हो त्यसमा तिनै तहको सरकार चुकेको कुरा वरिष्ठ पत्रकार अजय झाले जिकिर गर्नुभयो। नेपाली सञ्चारकर्मी कृषिलाई प्राथमिकता मा राखेर किसानहरूको समस्या उठान गर्दै मार्ग पनि देखाउदै आएको छ।पत्रकारले तिनै तहका कामलाई मुल्यांकन गरेर राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेको विरुद्ध मा सामाचार सम्प्रेषणमा मिडिया अलिकति पनि नचुकेको कुरा राख्नुभएको थियो। मिडियाले निष्पक्ष रुपमा कलम चलाएर किसानको हकहितको लागि काम गर्दै आएको छ। मिडियाले मन्त्रालयमा भएको हिनामिना र अनियमितता बारेमा ठुला-ठुला मन्त्रीहरुको पोल खोल्दै आएको कुरा यहाँहरुलाई सर्वदित नै रहेको छ। कृषि विभाग को डाटा हेर्नुहुन्छ भने कागजमा जे-जति कुराहरु उल्लेख भएका छन। त्यसको आधा पनि रहेको हुदैन। किसानको लागि पहिलो प्राथमिकता सिचाइ हो तर यहाँ हेर्नुहुन्छ भने अहिले १२ प्रतिशत हाराहारी मात्र धान रोपाई भएको छ। सरकारले साच्चिकै कृषि लाई वास्तविक कृषि प्रधान मुलुकको रुपमा लैजाने हो भने राज्यको आधा बजेट कृषि मा गए मात्र कृषिमा आत्मनिर्भर बन्न सक्ने कुरा जिकिर गर्नुभएको थियो।
कृषि पेसालाई सरकारले हेपेको र कृषि मन्त्रालयमा आएका योजनाहरु सम्बन्धित कृषि मन्त्री र मन्त्रालयका सचिवका आसेपासे लाई उक्त योजनाहरु दिएर कृषिलाई धराप मा लग्न लागेको आरोप लगाइएको छ। कृषि मन्त्रालयमा वास्तविक किसानका लागि आएका सेवासुविधाहरु डुब्लिकेट किसानहरूले पाएको अवस्थामा सरकार को निगरानी माथि प्रश्न गर्नुभयो। जस्तोसुकै सम्पन्न र विपन्न परिवारले पनि आफ्नो छोरा छोरीलाई किसान बन्न बाट टाढा राख्दछन किनकि कृषि मा भविष्य नरहेकोले विधार्थीहरु पनि कृषि पेसा तर्फ आकर्षित नरहेकोमा यसको मुख्य दोषी सरकार नै रहेको बताउनुभयो। कृषि अध्ययनरत विद्यार्थीहरु कृषि विषय लिएर पढेपनि खेतमा गएर काम गर्ने वातावरण नरहेकोले जागिरका लागि मात्र कृषि पढ्ने गरेको कुरा प्रष्ट पार्दै खेतमा गएर काम गर्ने वातावरण मिलाउन सबै सम्बन्धित निकायले सकरात्मक परिवर्तन का लागि आ-आफ्नै ठाउँबाट अहम भूमिका खेल्न आग्रह गर्नुभएको थियो। मन्त्री यादवले भन्नुभयो ।जसरी परिक्षामा विधार्थी को मनिटरिङ्ग गर्नु भएन भने , अधिकांश विधार्थीहरु चोरी गरेर पास गर्छन् त्यसरी नै हामी पनि समाजमा हुदै आएको विकास निर्माण का कार्यहरुको अनुगमन गर्नु भएन भने ठेकेदार र जनप्रतिनिधिहरु डुब्लिकेट काम गर्छन् र उनीहरू पनि चोरी गर्छन्।
कार्यक्रममा उपस्थित भएका किसानहरु, विधार्थीहरुले अतिथिहरु सँग प्रश्न गर्दै भनेका थिए। कृषि मन्त्रालयले धेरै राम्रा - राम्रा कार्यक्रमहरु किसानका लाई ल्याए पनि कार्यन्वयन पक्ष फितलो रहेको र नेतृत्व कर्ता असफल रहँदै आएको छ । कृषि मा सैध्दान्तिक कुरा मा सिकाउदै आएको र व्यवहारिक रुपमा नसिकाउने प्रवृत्ति शिक्षकहरुमा रहेकोले अनुगमनको आवश्यक रहेको कुरा वक्ताहरुको प्रश्न मा अतिथिहरुले संतोषजनक जवाफ फर्काएका थिए। मन्त्री यादवले आफु मधेस प्रदेशको सरकार मा सहभागी रहेको हुँदा मैले गर्न सक्ने पहल गरेकै छु र सदनमा किसानहरूको आवाज उठाउँदै आएको छु र किसानहरूको पेन्सनको बारेमा समेत आवाज उठाएर आगाडि बढ्दै गएको कुरा उत्तरमा फर्काएका थिए।
उक्त कार्यक्रममा मा ४० जना भन्दा बढी कृषि अध्ययनरत विद्यार्थीहरु, किसानहरु लगायत स्थानीय वासीहरुको उपस्थिति मा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको मा उपस्थिति सबैमा संवाद फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले धन्यवाद दिनु भएको थियो। ठुला-ठुला द्वन्द्व र झैझगडा जस्ता समस्याहरु विगतका दिनमा पनि संवादकै माध्यमबाटै सामाधान भएकोले संवाद कार्यक्रम आवश्यक रहेकोले संवाद कार्यक्रम राखिएको कुरा आयोजकले बताउनुभयो।
प्रतिक्रिया