महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८० असार १६ ११:०६ बजे

काठमाडौँ । भारतको महाराष्ट्रमा मुम्बई९नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो ।

गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो ।

केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भई नसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो ।


२०८० असार १६ ११:०६ बजे

प्रतिक्रिया