सेयर बजारमा सामान्य वृद्धि

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १५ १५:४५ बजे
सेयर बजार

काठमाडौं ।  कारोबारको चौंथो दिन आज बुधबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । बजार लगातार तेस्रो  आज पनि उकालो लागेको हो । बुधबार १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेको छ । 

बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार सुपरमाइ हाइड्रो र कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । धौलागिरि लघुवित्त, स्वावलम्बन लघुवित्तसहितका धितोपत्रको समेत मूल्य धेरैले बढेको छ ।

खप्तड लघुवित्त, एनएलजी इन्स्योरेन्स, सृजनशील लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । एनआईसी एसिया बैंक, सानिमामाइ हाइड्रो, शिवम् सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरैले कारोबार भएको छ ।

२०७९ चैत्र १५ १५:४५ बजे

प्रतिक्रिया