४१ अङ्कले घटेर सेयर बजार राताम्मे

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ १५:३६ बजे
सेयर बजार

काठमाडौं । लगातार उकालो लागेको सेयर बजार परिसुचक नेप्से लगातार दुई दिन भने ओरालो लागेको छ ।  शेयर बजार आज बिहीवार उच्च अङ्कले  ओरालो लागेको हो । शेयर बजार परिसूचक नेप्से आज ४१.४ अंकले ओरालो लागेको हो । 

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले  ओरालो लागेको छ ।  

२०७९ पुष २८ १५:३६ बजे

प्रतिक्रिया