भाग -१
परि थापा । सामाजिक सत्ता र सामाजिक चेतना: धर्म र धार्मिक चेतनाका बारेमा चर्चा गर्नुभन्दा अगाडि सामाजिक सत्ता/ अस्तित्व -Social Being_ र सामाजिक चेतना -Social Consciousness_ जस्ता ऐतिहासिक भौतिकवादका प्रवर्गहरु -Categories_ सम्बन्धि अवधारणा बुझ्न अत्यावश्यक हुन्छ।
ऐतिहासिक भौतिकवाद सामाजिक सत्ता/अस्तित्वप्राधान हो र सामाजिक चेतना गौण हो भन्ने आधारभूत अवधारणाबाट अगाडि बढ्दछ र धर्मको निश्चित ऐतिहासिक, आर्थिक एवम् संज्ञानात्मक जराहरु –आधारहरु_ रहेका हुन्छन भन्ने कुरालाई उजागर गर्दछ। किनभने सामाजिक सत्ता/अस्तित्व र सामाजिक चेतना भनेका दुई अन्तर्सम्बन्धित रअन्तर्कृयात्मक पक्षहरु हुन, पहिलोले मानव समाजको भौतिक -material_ जीवनलाई र दोस्रोलेआत्मिक -spiritual_ जीवनलाई प्रबिम्वित गर्दछन।
सामाजिक सत्ताअ/स्तित्व भनेको भौतिक सम्पत्ति उत्पादन गर्ने प्रकृयामा स्थापित हुने भौतिक सम्बन्ध हो, जस मार्फत मानिसहरु उत्पादनको प्रकृयामा प्रवेश गर्दछन। त्यसैगरि सामाजिक चेतनाभनेको मानिसका वौद्धिक कृयाकलाप एवम् गतिविधिहरुको पाटो र परिणाम हो। यसो भन्नुको तात्पर्य के हो भने सामाजिक चेतनाको अवधारणाले सबै प्रकारका वौद्धिक गतिविधिहरुलाई समेट्दछ। अर्को शब्दमा भन्नुपर्दा समाजिक सत्ता/अस्तित्वको विकासको अवस्था र स्तर अनुसार नैसामाजिक चेतनाको पनि विकास र रुपान्तरणको प्रकृया अगाडी बढ्दै जान्छ। त्यस दौरानमा सामाजिक चेतनाका विभन्न रुपहरुको विकास र प्रकटिकरण हुन्छ। सामाजिक चेतनाका प्रमुख रुपहरु अन्तर्गत क्रमशM दार्शनिक चेतना, राजनीतिक चेतना, कानुनी/वैधानिक चेतना, नैतिक चेतना, सौन्दर्यात्मक चेतना, वैज्ञानिक चेतना र धार्मिक चेतना समाविष्ट हुन्छन।
धर्म र सामाजिक चेतनाका रुपहरुM
धर्म र धार्मिक चेतनाका बारेमा छलफल चलाउनु भन्दा पहिले सामाजिक चेतनाका विभन्न रुपहरुको बारेमा पनि बुझ्न आवश्यक हुन्छ। दार्शनिक चेतनाले समग्र विश्व-जगतलाई प्रतिबिम्वित गर्दछ अर्थात जीवन र जगतलाई हेर्ने, बुझने र व्याख्या एवम् विश्लेशण प्रस्तुत गर्दछ। राजनीतिक चेतनालेमानिसहरुको राजनीतिक गतिविधि, वर्गहरु, राष्ट्रहरु, राज्यहरु र राजनीतिक पार्टीहरु बिचको सम्बन्धलाई प्रतिबिम्त गर्दछ।
कानूनी तथा वैधानिक चेतना, जुन राजनीतिक चेतना संग घनिष्ठरुपमा जोडिएको हुन्छ, त्यसले कानूनको प्रकृति एवम् उदेश्य र कानून कार्यान्वयन गर्ने निकायहरु जस्तै
काकूनी ब्यवस्था, अदालतहरु र अभिकर्ता/अभियोजन सम्बन्धि विभिन्न वर्गहरुको दृष्टिकोणलाई प्रतिबिम्वित गर्दछ। नैतिक चेतनाले मानिसहरुको ब्यवहारलाई नियमन गर्ने एउटा माध्यमको रुपमा काम गर्दछ र त्यसको उच्चतम सीमा नीतिशास्त्र -Ethics_ को विकास सम्म पुग्दछ। सौन्दर्यात्मक चेतनाले मानिसको यथार्थता सम्बन्धि कलात्मक अनुभूतिको आवश्यकतालाई प्रतिबिम्बित गर्दछ।
अन्ततM धार्मिक चेतनाले पनि यस्तै गर्ने दावा गर्दछ तथापि ईशवरको अस्तित्वको कल्पना बाट अगाडि बढ्दछ। धार्मिक चेतना भनेको सामाजिक चेतनाको एउटा त्यस्तो रुपहो जसले वास्तविकताबारे अवैज्ञानिक प्रतिबिम्ब प्रस्तुत गर्दछ। अर्का शब्दमा भन्नुपर्दा धर्म भनेको वास्तविकताको विकृत प्रतिबिम्बन हो। यसको परिणाम भनेको ईश्वर, आत्मा, मरणोत्तर जीवन जस्ता अलौकिक विषयहरुमा विश्वास गर्नु हो। फ्रेडरिक एन्गेल्सले सामाजिक चेतनाको एउटा रुपको अर्थमा धर्मको सारतत्व र
चारित्रिक विशेषताहरुको समग्ररुपमा यसरी निरुपण गरेकाछनM सबै धर्म भनेका ति बाह्यशक्तिहरु, जसले मानिसका दैनिक जीवनलाई नियन्त्रण गर्दछन, को बारेमा मानिसहरुका दिमागमा पर्ने काल्पनिक प्रतिबिम्ब बाहेक अरु केहिपनि होइन, यसतो प्रतिबिम्ब जसमाथि लौकिक शक्तिहरुले अलौकिक शक्तिहरुको रुप धारण गर्दछन…ती काल्पनिक आकृतिहरु, जसले पहिले प्रकृतिका रहस्यमय शक्तिहरुको मात्र प्रतिबिम्बन गर्दथे, अहिले सामाजिक विशेषता हासिल गर्दछन्, इतिहासका शक्तिहरुको प्रतिनिधिहरु बन्दछन्”।-१_
यस परिभाषा अनुसार धर्मले यी कुराहरुलाई प्रतिबिम्बित गर्दछM -१_मानिस माथि कायम भएको वास्तविक प्राकृतिक एवम् सामाजिक शक्तिहरुको प्रभूत्व -२_यो प्रतिबिम्बनले परालौकिक सत्ताहरु -देवता र दानव_ अनि परलोक -स्वर्ग र नर्क_ माथि विश्वासकोरुप धारण गर्दछ। अचम्म लाग्ने कुरो त केछ भने यी परालौकिक सत्ता र संसारहरु जीवित मानिसहरुका विरद्ध मात्र होइन बरु एक-अर्काका विरुद्धमा समेत रहेकाछन किनभने दानवको कर्यभार भनेको मानिसहरुलाई ईश्वर द्वारा तैयार पारिएको सत्मार्ग बाट अन्यन्त्रै भड्काउन अगुवाई गर्नु हो र यदि सम्पूर्ण पापीहरुकालागि प्रतिक्षारत रहने नर्क हुदैनथ्यो भने स्वर्गको अस्तित्वले पूर्णरुपेण अर्थ गुमाउदथ्यो। यस सन्दर्भमा लेनिनको भनाईले सटिक ढंगले मार्ग निर्देशन गर्दछ, उनले लेखेकाछन, “हाम्रा लागि -कम्युनिस्टहरुका निम्ति_ प्रमोदवन -Paradise_ बारे स्वर्गमा सर्वहारावर्गीय विचारको एकता खोज्नु भन्दा पृथ्वीमै प्रमोदवनको सिर्जना गर्नको लागि उत्पीडित वर्गको वास्तविक क्रान्तिकारी संघर्षमा एकता कायम गर्नु धेरैमहत्वपूर्ण कुरो हो।”
क्रमश......
प्रतिक्रिया