गत आर्थिक वर्षमा २४ हजार ५३८ सवारी दुर्घटनामा २८८३ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १३:५५ बजे
दुर्घटना

काठमाडौं । आर्थिक वर्ष २०७८\ ७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको  ज्यान गएको छ । दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । 

आयोगको आव ७८\७९ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले जनाएको छ ।

दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमीलगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ । 

२०७९ मंसिर २२ १३:५५ बजे

प्रतिक्रिया