२५ अंकले बढ्यो सेयर बजार , कारोबार रकममा उच्च सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १५:२७ बजे
सेयर बजार

काठमाडौं ।  सेयर बजारको परिसूचक नेप्से  आज २५.५ अंकले उकालो लागेको छ । आज नेप्से उकालो लागेसँगै १९३६ विन्दुमा पुगेको छ । नेप्से सँगै  आज कारोबार रकम पनि उकालो लागको छ ।  हिजो ८५ करोडको कारोबार भएकोमा  आज बिहीबार १ अर्ब ७१ करोडको कारोबार भएको छ।

कुल १७२ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने २ को स्थिर रहे । सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक ६४, फाइनान्स ३७, होटल तथा पर्यटन ९, जलविद्युत् ६१, जीवन बीमा ५६, उत्पादन १०२, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा १०२, अन्य २२ र ब्यापार उपसमूह ४० अंक बढे । धेरै मूल्य बढेका ५ कम्पनीमध्ये ४ वटा जलविद्युत् कम्पनी रहेका छन् ।

सिक्लेस जलविद्युत्‌को १०, सयपत्री हाइड्रोको ९.९, बोटलर्स नेपाल (तराई)को ७.५, रिडी पावरको ६ र पन्चकन्या माईको ५.९ प्रतिशतले मूल्य बढ्यो । फरवार्ड माइक्रोफाइनान्सको २.९ प्रतिशत मूल्य घट्यो ।

२०७९ मंसिर १ १५:२७ बजे

प्रतिक्रिया