काठमाडौंमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १४ १३:३६ बजे
मृत्यु

काठमाडौं । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर  बालिकाको  ज्यान गएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान  ज्यान गएको हो ।  

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 

२०७९ कात्तिक १४ १३:३६ बजे

प्रतिक्रिया